दफा २०४
सर्वोच्च अदालतले मुद्दाको सुनुवाई र किनारा गर्न सक्ने

(१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनिमातहतको कुनै अदालतमा विचाराधीन रहेको कुनै मुद्दामा संविधान वा अन्य कुनै कानूनको व्याख्या सम्बन्धी जटिलप्रश्न समावेश भएको वा सार्वजनिक महत्व वा सरोकारको प्रश्न समावेश भएकोले त्यस्तो प्रश्नको निरुपण भएपछिमात्र सो मुद्दाको सुनुवाई र किनारा हुन उपयुक्त हुने कुरा मुद्दाको कुनै पक्षको निवेदन वा सम्बन्धितअदालतको प्रतिवेदनबाट देखिन आएमा सर्वोच्च अदालतले सोकोे कारण खुलाई त्यस्तो मुद्दा आफैँले झिकाई सुनुवाई रकिनारा गर्ने आदेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम सर्वोच्च अदालतबाट आदेश भएमा सम्बन्धित अदालतले त्यस्तो मुद्दाको मिसिल सर्वोच्च अदालतमापठाई मुद्दाका पक्षहरूलाई त्यसको जानकारी गराई तारिख तोकी सर्वोच्च अदालतमा पठाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम आदेश भएकोमा सर्वोच्च अदालतले त्यस्तो मुद्दाको सुनुवाई र किनारा गर्न वा त्यसमा समावेशभएको जटिल संवैधानिक वा सार्वजनिक महत्वको प्रश्नको निरुपण गरी बाँकी विषयमा किनाराका लागि मिसिल सम्बन्धितअदालतमा फिर्ता पठाउन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम बाँकी विषयको कारबाहीको लागि सर्वोच्च अदालतले सम्बन्धित अदालतमा मिसिल पठाउँदा पक्षहरूलाईत्यसको जानकारी गराई तारिख तोकी त्यस्तो अदालतमा पठाउनु पर्नेछ ।